
- अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
प्रहरीले २ सय ३५ किलो लागू औषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोको टोलीले बिहीबार बिहान धादिङको गजुरीबाट भारतीय नम्बर प्लेटको ट्रकमा लुकाई राखेको सो परिमाणको चरेशसहित एक जना भारतीय नागरिक र एक जना नेपाली नागरिक पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत निघौलीका ३० वर्षीय ट्रक चालक सतेन्द्र सिंह बेघल र पर्सा सोन वर्षाका ५० वर्षीय लाल महोम्मद गद्धी रहेको नेपाल प्रहरीको लागू औंषध नियन्त्रण व्यूरो प्रमुख डिआईजी दिनेश अमात्यले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई कार्वाहीका लागि इलाका प्रहरी कार्यालय, धादिङमा बुझाईएको छ । पक्राउ परेका मध्ये गद्धी लागू औषध ओसारपसार कार्यमा लामो समयदेखि संलग्न रही आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्