काठमाडौं – चैतारी लघुवित्ती वित्तीय संस्थाको सेयर कारोबार सुरु भएको छ । नेप्सेले चौतारीको सेयर कारोबारका लागि १११.८८ रुपैयाँदेखि ३३५.६५ रुपैयाँसम्म ओपन रेन्ज दिएको छ । यो लघुवित्तको पहिलो सेयर कारोबार सोही रेन्जभित्र रहेर हुनेछ । सेयर कारोबारका लागि यस लघुवित्तले ‘सीएचएलबीएस’ संकेत पाएको छ ।
चौतारी लघुवित्त बुधबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत मंसिर १९ देखि २३ गतेसम्म ६ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । आइपीओ बिक्रीपछि चौतारीको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ पुगेको छ ।