×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चौतारी लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा २१०% ले वृद्धि

PRIME CA

चौतारी लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा २१०% ले वृद्धि

अर्थ सरोकार

४ माघ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा २१०%ले बढोत्तरी गरेर १ करोड ५ लाख १६ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष यो संस्थाको खुद नाफा ३३ लाख ९२ हजार रुपैयाँ मात्र आर्जन गरेको थियो । 
यो दोस्रो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी ७५.९५% ले वृद्धि भएको छ। संस्थाको खुद ब्याज आम्दानी ३ करोड ८२ लाख ४६ हजार रुपैयाँ कमाएको छ। सञ्चालन नाफा  ४७.३६% ले वृद्धि गरेर ७८ लाख ५६ हजार रुपैयाँ पुर्याएको छ ।
हाल संस्थाको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ करोड ५४ लाख ४४ हजार रुपैयाँ जम्मा छ । संस्थाको खराब कर्जा ०.६८% रहेको छ भने प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ भने ११३ रुपैयाँ ६८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: