काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा २२.५५% वृद्धि गरेर ७७ करोड ३ लाख ४६ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यही अवधिमा बैंकले ६२ करोड ८६ लाख रुपयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ५३.२९% बढोत्तरी गरेर १ अर्ब ४९ करोड ४५ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा २४.०९%ले वृद्धि गरेर १ अर्ब ८ करोड ६४ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ ।
यता बैंकको निक्षेप संकलन ६५ अर्ब १२ करोड ४२ लाख रुपैयाँ गरेको छ भने कर्जा लगानी ६० अर्ब ४७ करोड ६४ लाख रुपैयाँ गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ३७ करोड १० लाख ६५ हजार रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा ३ अर्ब ३७ करोड २३ लाख ५८ हजार रुपैयाँ जम्मा भएको छ ।
यसको खराब कर्जा अनुपात १.६२% रहेको छ भने प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ २९ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्