×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डीआईजी हरि पाललाई अर्को सफलता, ८३ लाख हुण्डी रकमसहित ४ जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डीआईजी हरि पाललाई अर्को सफलता, ८३ लाख हुण्डी रकमसहित ४ जना पक्राउ

२२ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • मनोज आत्मिय/अर्थ सरोकार डटकम 
काठमाडौँ – २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलिले अवैध हुण्डी कारोबारमा संलग्न ४ जना पक्राउ गरेको छ। जनकपुर उप-महानगरपालिका वडा नं. ११ किशोरी नगरमा रहेको रामेश्वोर शाहको घरबाट अवैध हुण्डी कारोबार गर्न राखिएको नगद रू. ८३ लाख ५७ हजार र विविन्न बैंकको ३० थान चेक र भौचर सहित ६ थान मोबाइल बरामत भएको छ । 
प्रहरीका अनुसार उक्त कारोबारमा संलग्न भारत मधुवनी बस्ने सन्तोष महतो, मधुवनीकै नरेश महतो, जनकपुर उप-महानगरपालिका बस्ने विजय यादव र मोख्तार अहमद पक्राउ परेका छन्। यस घटनाको जिल्ला प्रहरी कार्यालय धनुषाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी