
काठमाडौं : एभरेष्ट बैंकले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले खुद नाफा १६.९३%ले वृद्धि गरेर १ अर्ब ४२ करोड ९९ लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष बैंकले १ अर्ब २२ करोड २८ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकले खुद ब्याज आम्दानी २ अर्ब ६७ करोड १० लाख ८२ हजार रुपैयाँ कमाएको छ। यो ब्याज आम्दानी गत वर्षको तुलनामा १५.०३% ले धेरै हो। गत वर्ष बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३२ करोड १९ लाख ७ हजार रुपैयाँ कमाएको थियो। यता सञ्चालक नाफा १६.९०% ले बढोत्तरी गरेर २ अर्ब ४ करोड ३० लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ।
बैंकले १ खर्ब २४ अर्ब १७ करोड ७९ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५ अर्ब ९२ करोड ७४ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको जगेडा ७ अर्ब ५८ करोड ११ लाख ४८ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.१९% रहेको छ भने प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ६३ पैसा कायम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्