- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार प्रति तोला ६० हजार ७ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको पनि स्थिर रहेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५२ हजार ४० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ ।