काठमाडौं – गरिमा विकास बैंकले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ५४.८१% वृद्धि गरि २ करोड ७९ लाख ५ लाख ३७ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष बैंकले १८ करोड ५ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ४८.४०% ले बढोत्तरी गरि ६४ करोड ९८ लाख ९६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले ४३ करोड ७९ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ५६.७१% ले वृद्धि गरेको छ । सञ्चालन नाफा पनि २८ करोडबाट बढोत्तरी गरी ४३ करोड ९२ लाख ७२ हजार रुपैयाँ पुर्याउन बैंक सफल भएको छ । खुद ब्याज आम्दा र सञ्चालक नाफा बढेको कारणले खुद नाफा पनि वृद्धि भएको देखिन्छ।
यो त्रैमास सम्ममा बैंकले २६ अर्ब ९७ करोड ९७ लाख ६४ हजार रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ५२ करोड ३० लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ७८ करोड ८३ लाख ६८ हजार रुपैयाँ छ भने जगेडा कोषमा ६५ करोड २६ लाख ३० हजार रुपैयाँ जम्मा रहेको छ ।
बैंकको खराब कर्जा ०.२८% रहेको छ भने प्रतिसेयर आम्दानी २० रुपैयाँ ०५ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४१ पैसा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्