×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एउटा भीआइपी ठगको कथा, ‘जो लाखौँको सामान किनेर गरिमा बिकास बैंकको पैसा नै नभएको चेक दिन्थ्यो’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एउटा भीआइपी ठगको कथा, ‘जो लाखौँको सामान किनेर गरिमा बिकास बैंकको पैसा नै नभएको चेक दिन्थ्यो’ (भिडियो)

Artha Sarokar

२४ पुष २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- आफुलाई ठूलो व्यापारी हुँ भन्ने, लाखौँको समान किनेर खातामा पैसा नै नभएको चेक दिने ठग प्रहरीको फन्दामा परेका छन् । यसरी ठगी गर्ने व्यक्ति हुन् कैलाली धनगढी नगरपालिका फूलवारी ३ का वासुदेव मैनाली । आफूलाई ठूलो व्यापारी हुँ भन्दै अरुलाई ठग्ने उनी सोमबार प्रहरीको फन्दामा परेका हुन् । ठगिएका व्यापारीहरुले उजुरी गरेका आधारमा प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । मैनालीले ३ ओटा नक्काली नागरिकतासमेत बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मैनालीले रामचन्द शर्मा, शिवराम पौडेल र वासुदेव मैनालीका नामबाट उनले ३ ओटा नागरिकता लिएको अनुसन्धानबाट खुलेको हो ।
ठगीमा गरिमा बिकास बैंकको चेक प्रयोग !
उनले ठगी गरेका केहि घटनाहरु यस्ता छन् कि व्यापारीहरु सजिलै फस्छन् । दशैंका बेला आफुले नेतादेखि अन्य ठुला व्यापारीहरुलाई रक्सी बाड्नु पर्ने भन्दै उनी कार्तिक महिनामा टोखाको एक मदिरा पसलमा पुगेका थिए । उनले उक्त पसलबाट  १८ लाख ५० हजारको विदेशी रक्सी किने र गरिमा बिकास बैंकको चेक दिए । तर उक्त खातामा पैसा नै थिएन । त्यसपछि ती मदिरा व्यवसायीले प्रहरी गुहारे ।  यसैगरी उनले टिभी, जेनेरेटर, लगायतका थुप्रै समान किन्दा पनि क्यासको सट्टा चेक दिए । सबै व्यापारी फसे । यसरी फस्नेहरुमा ७ व्यापारी छन् ।  यसरी पैसा नै नभएको चेक दिएर हात लागेको सामान राख्न मैनालीले काठमाडौंको नारायनटारमा गोदाम बनाएका थिए । ७ जनाबाट मैनालीले ४० लाख रुपैयाँबराबर ठगी गरेका उनी धेरै समय  सकेनन् । प्रहरीले उनलाई पक्राउ गरेको छ ।  
प्रहरी भन्छ, ‘तपाईं पनि ठगिनुभएको छ भने खबर गर्नुहोस्’
यता प्रहरीले मैनालीले धेरैलाई यसैगरी ठगी गरेको हुनसक्ने भन्दै उनीबाट जो कोहि ठगी भएको भए प्रहरीको सम्पर्कमा औना आग्रह गरेको छ । मैनालीलाई अहिले महागरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।  

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी