×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकारलाई विस्वास गर्नुहोस्, जनतालाई लुटेर होइन सहकार्य गरेर आर्थिक परिवर्तन गर्छौं’ : मन्त्री बास्कोटा (भिडियो)

PRIME CA
GLOBAL IME BANK

‘सरकारलाई विस्वास गर्नुहोस्, जनतालाई लुटेर होइन सहकार्य गरेर आर्थिक परिवर्तन गर्छौं’ : मन्त्री बास्कोटा (भिडियो)

२२ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बास्कोटालेले राजनीतिक परिर्वतन मात्रै नभई आर्थिक परिर्वतनबाट सामाजिक रुपान्तरण गर्ने लक्षमा सरकार अघि बढेको स्पष्ट पारेका छन् । शनिबार राजधानीमा आयोजित नेपाल कुरियर सेवा संघको २४ औ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणलाई एकसाथ अघि बढाउने गरि सरकार अघि बढेको बताएका हुन् । आर्थिक रुपान्तरणबाट मुलुकको सम्वृद्धि र जनताको सुख जोडेकाले सरकार समाजशास्त्रीय र अर्थशास्त्रीय दुवै दृष्टिले सही भएको दाबी उनले गरे ।
राष्ट्रिय स्वभिमानका साथ मुलुकको आर्थिक विकास गर्ने लक्ष्यमा सरकार अघि बढेको भन्दैउनले त्यसका लागि आवश्यक राष्ट्रिय पूँजी निर्माणमा निजी क्षेत्र संग सहकार्य गरिने बताए । उनले जनताको अभिमतबाट नै दुई तिहाई सरकार बनेकाले सरकारलाई विश्वास गर्न आग्रह गरे । उनले हुलाक सेवा संगसंगै कुरियर सेवालाई पनि व्यवस्थित गर्ने सम्बन्धमा सरकार गम्भीर रहेको बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: