- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ६० हजार ३ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले घटेर प्रति तोला ५९ हजार ८ सय मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य १० रुपियाँले घटेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार २ सय ७० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ४७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।