- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५९ हजार ७ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर ५९ हजार ६ सय मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको पनि मूल्य स्थिर रहेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार १ सय तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ ।