- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रति तोला ५९ हजार ६ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले बढेर प्रति तोला ६० हजार ४ सय मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य १५ रुपियाँले बढेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार ७ सय ८५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ५१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।