- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रति तोला ६० हजार ६ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला ६१ हजार मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५२ हजार ३ सय तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ ।