- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रति तोला ६० हजार ९ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ६० हजार ६ सय मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार ९ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ४७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।