- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रति तोला ५९ हजार ८ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ५९ हजार ९ सय मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपियाँले घटेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार ३ सय ५५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ४७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।