काठमाडौं – आइपीओमा लगानी गर्न इक्षा राख्नेहरुका लागि पढ्नै पर्ने खबर छ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले १८ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री गर्न ग्रीनलाइफलाई अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम काठमाडौं क्यापिटल मार्केटले गर्नेछ ।
ग्रीनलाइफले दोलखा जिल्लामा १ मेगावाटको खानीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यो आइपीओ दोलखा जिल्लाका आयोजना प्रभावितले मात्र भर्न पाउनेछन् । आयोजना प्रभावितलाई बिक्री गरिसकेपछि मात्र सर्वसाधारणका लागि आइपीओ जारी हुनेछ ।