×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमाल दोलखा हाइड्रोपावर ७८ लाख कित्ता आइपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

हिमाल दोलखा हाइड्रोपावर ७८ लाख कित्ता आइपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

Artha Sarokar

२ माघ २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – हिमाल दोलखा हाइड्रोपावर कम्पनीले ७८ लाख कित्ता आइपीओ आउने भएको छ । कम्पनीले आइपिओ निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १६ लाख कित्ता र सर्वसाधारणलाई ६२ लाख कित्ता गरी कुल ७८ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।
यो आइपीओमा ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । हिमाल दोलखाले विभिन्न हाइड्रोपावर परियोजनामा लगानी गर्दै आएको छ । यसले ४.५ मेगावाटको माइखोला साना जलविद्युत आयोजना सम्पन्न गरेको छ । यस्तै, ८ मेगावाटको माई साना क्यास्केड हाइड्रोपावर परियोजना निर्माण गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी