×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता आवास कार्यक्रम गुणस्तरीय नभएको सांसदहरुको गुनासो, अर्थमन्त्रीले दिए यस्तो स्पष्टिकरण (भिडियो)

PRIME CA
GLOBAL IME BANK

जनता आवास कार्यक्रम गुणस्तरीय नभएको सांसदहरुको गुनासो, अर्थमन्त्रीले दिए यस्तो स्पष्टिकरण (भिडियो)

२२ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
सांसदहरुले जनता आवास कार्यक्रम लक्षित समुदायमा पुग्न नसकेको तथा गुणस्तरीय नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा भएको जनता आवास कार्यक्रम कार्यान्वय नमुना कार्यविधि२०७५ माथिको छलफलमा सहभागी दलित समुदायबाट प्रतिनिधित्व गरेका सांसदहरुले जनता आवास कार्यक्रम प्रभावकारी नभएको गुनासो गरेका हुन् । 
उनीहरुले जनता आवास कार्यक्रमले जग्गाधनीको लालपुर्जा भएका र प्राकृतिक जोखिम भन्दा बाहिर रहेको समुदायलाई मात्रै समेटेको भन्दै सुकुम्बासी र वास्तविक विपन्न समुदायलाई समेट्ने गरि कार्यविधि परिमार्जन गर्न माग गरे । सांसदहरुले जनता आवास कार्यक्रम मार्फत प्रत्येक आवास निर्माणका लागि छुट्याईएको रकम बढाउन पनि माग गरे । जनता आवास कार्यक्रम मार्फत बनेका घर बस्न लायक नभएको भन्दै उनीहरुले बजेट बढाएर भुकम्प प्रतिरोधी आवास निर्माण गर्नुपर्नेमा सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
यता अर्थमन्त्री युवराज खतिवडाले जनता आवास कार्यक्रम मुलतः दलित लक्षित कार्यक्रम नै भएको भन्दै संगै सबै विपन्नलाई समेट्नुपर्ने गरि आवास निर्माण कार्य अघि बढाउनुपर्ने बाध्यताले गुणस्तरीय आवास निर्माण गर्न नसकिएकोबताये । उनले ५ लाख दलित तथा विपन्न परिवारलाई आवास निर्माण गर्न प्रति परिवार साढे ३ लाख रुपैयाले मात्रै पनि झण्डै २ खर्ब लाग्ने भएकाले बजेटको सिमिततालाई बुझ्न आग्रह गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: