काठमाडौं : ज्योति विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १९.६०% वृद्धि गरेर १७ करोड ४ लाख ४८ हजार रुपैयाँ कमाएको छ । गत वर्ष ज्योतिले १४ करोड २५ लाख ८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यता बैंकको खुद ब्याज आम्दानी ३६.६१% बढोत्तरी गरेर ४६ करोड ६६ लाख ७६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ३४ करोड १५ लाख रुपैयाँ रहेको थियो। यसैगइ सञ्चालन नाफा २१.९२% ले वृद्धि गरेर २६ करोड ७६ लाख २३ हजार पुगेको छ ।
बैंकले निक्षेप संकलन २३ अर्ब ५८ करोड ४८ लाख ७५ हजार गरेर २० अर्ब ३३ करोड ३९ लाख २९ हजार कर्जा प्रवाह गरेको छ । त्यस्तै गरि बैंकको चुक्ता चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४५ करोड ७४ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा ०.५९% मा रहेको छ भने प्रतिसेयर आम्दानी १३ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ६४ पैसा पुगेको छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्