काठमाडौं – कैलाश विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा २७ करोड ४६ लाख ६७ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ३.२३% ले धेरै हो । गत वर्ष बैंकले २६ करोड ६० लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमस: ५४.०८% र ४६.३८% वृद्धि भएको छ। गत वर्ष ३९ करोड ६७ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको बैंकको अहिले बढाएर ६१ करोड १३ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा पनि २८ करोड २२ लाख ३६ हजार रुपैयाँबाट बढाएर ४१ करोड ३१ लाख ३८ हजार रुपैयाँ पुर्याएको छ ।
बैंकले निक्षेप संकलन २६ अर्ब ७२ लाख ८० हजार रुपैयाँ गरेको छ भने २३ अर्ब ५४ करोड ६० लाख ५६ रुपियाँ कर्जा प्रवाह गरेको छ । बैंकको हाल चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ छभने जगेडा कोषमा ९३ करोड ६८ लाख ७५ हजार रुपैयाँ राखेको छ ।
बैंकको खराब कर्जामा ०.३३% रहेको छ भने प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ १७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्