काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्बजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ४९ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २४.८१% कम हो । गत वर्ष यो कम्पनीले ६५ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कालिकाले खुद ब्याज आम्दानी ४५.६४% बढोत्तरी गरेर ६ करोड २ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले ४ करोड १३ लाख ९४ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै गरि कम्पनीको सञ्चालन नाफा १ करोड २ लाख ७६ हजार रुपैयाँबाट घटेर २७ लाख ८१ हजार रुपैयाँमा सीमित रहेको छ ।
यता कम्पनीको निक्षेप संकलन ६० करोड २६ लाख ५४ हजार रुपैयाँ रहेको छ भने कर्जा लगानी १ अर्ब ५३ करोड ८ लाख ७९ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ छ भने जगेडा कोषमा ५ करोड १८ लाख ७६ हजार रुपैयाँ जम्मा छ ।
बैंकको खराब कर्जा १.५९% रहेको छ भने प्रतिसेयर आम्दानी ९ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ भने १४८ रुपैयाँ ०३ पैसा छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्