काठमाडौं – कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १.६३% ले वृद्धि गरेको छ । गत वर्षको १३ करोड ६० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाए बैंकले यस वर्ष झिनो वृद्धि गरेर १३ करोड ८२ लाख ३३ हजार रुपैयाँ पुर्याएको छ ।
यता, बैंकको खुद ब्याज आम्दानी २२.४९% ले बढोत्तरी गरेर ३७ करोड ८४ लाख २१ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा १८ करोड ८३ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।
बैंकले १७ अर्ब २७ करोड ८५ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ७४ करोड ३९ लाख ८७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १ अर्ब ५ करोड ३२ लाख ७४ हजार रुपैयाँ जम्मा भएको छ ।
यसको खराब कर्जा अनुपात १.६७% रहेको छ भने प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ९ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्