×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

७८ करोड कर तिर्न पत्र आएपछि राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारी बेहोस, ‘२ अर्ब ४२ करोडको कारोबार थाहै भएन’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – तपाईंले कुनै कारोबार नै गर्नुभएको छैन तर तपाईंको नाममा ७८ करोड रुपैयाँ तिर्न कर कार्यालयबाट पत्र आयो भने तपाईंको स्थिति के होला ? यस्तै भएको छ, राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारी लीलाप्रसाद श्रेष्ठलाई । आफुलाई थाहा नै नभएको कारोबार उपर यति धेरै कर तिर्ने पत्र पाएपछि उनी बेहोस नै भए । कहिल्यै व्यापार नगरेका लीलाप्रसादलाई ७८ करोड तिर्नुपर्ने पत्र आएपछि उनी बेहोस भएका हुन् । दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम–३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले पठाएको थियो । सो कम्पनीले ७२ करोड भ्याट र ५ करोड ९९ लाख रुपैयाँ आयकर तिर्नुपर्ने कर कार्यालयले जनाएको छ ।
उनलाई आफन्तले अस्पताल पुर्याए । यो पत्रबारे धेरैले यो कसैको दुख दिने खेल हो भन्ने चर्चा भयो परिवारमा । कतिले पत्र नक्कली हो भने । तर पत्र सक्कली नै थियो । पत्रमा लेखिएको थियो, ‘तपाईंको नाममा रहेको सुन्द्रादेवी टेलिटक प्रालि (स्थायी लेखा नम्बर ६०२४१८४२१)ले कर दाखिला नगरेको हुँदा यस कार्यालयमा उपस्थित हुनुहोला ।’ त्यसपछि उनको परिवारले कर कार्यालयमा गएर विवरण हेर्यो । विवरण हेर्दा थाहा भयो कि उनको हराएको नागरिकता प्रयोग गरेर कम्पनी दर्ता गरी करोडौंको कारोबार गरिएको रहेछ । आर्थिक वर्ष ०७१/७२ को ९ महिनाको अवधिमा सो कम्पनीले २ अर्ब ४२ करोडको कारोबार गरेको थियो । त्यसपछि कर कार्यालयमा सम्पर्क नराखेपछि नागरिकताका आधारमा लीलाप्रसाद श्रेष्ठको नाममा पत्र लेखिएको थाहा भयो । त्यसपछी उनले सीआइबी गुहारे ।
सीआइबीले नेपाल स्याटेलाइट नेपाल प्रालिसँग सहकार्य गरी एनसेलको सिम तथा रिचार्ज कार्ड बिक्रीको जिम्मा सो कम्पनीले लिएको र ९ महिनामा २ अर्ब ४२ करोडको कारोबार गरेको खुल्यो । तर कारोबार यति धेरै गरेपनि कर तिरिएको थिएन । लीलाप्रसाद श्रेष्ठ स्याटेलाइट कम्पनी गएर बुझ्दा विजयनारायण श्रेष्ठ नामका व्यक्तिले कारोबार गरेको खुलेपछी सीआइबी थप अनुसन्धानमा लाग्यो । सीआइबीले काभ्रे घर भएका विजयनारायण श्रेष्ठलाई पक्राउ ग-यो । त्यसपछि थाहा भयो कि उनले लीलाप्रसादको नागरिकता कोटेश्वरको बाटोमा भेट्टाएका रहेछन् । नागरिकताका आधारमा कम्पनी दर्ता गरियो र अरवौंको कारोबार भयो । 
सिआइबीका अनुसन्धान अधिकृत डिएसपी कवित कटवालले दिएको जानकारी अनुसार विजयनारायण१ लाख धरौटीमा छुटेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: