
- मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाण्डौं मलमा उद्योग वाणिज्य संघ काठमाडौँका कर्मचारीमाथि आक्रमण भएको छ । ब्यवसायमाथि भईरहेको दमन र समस्या विषयमा काठमाण्डौं मलका ब्यपारीहरुले पहल गर्दिन अनुरोध गरेपछि शुक्रवार उद्योग वाणिज्य महासंघमा छलफलका लागि कार्यक्रम तय गरिएको थियो ।
सोहि कार्यक्रमको निमन्त्रणा दिन गएका उद्योग वाणिज्य संघ काठमाण्डौंका कर्मचारीहरुलाई काठमाण्डौं मल कब्जा गरेर बेसेका गुन्डाहरुले आक्रमण गरेको आरोप व्यावासायीहरूले लगाएका छन् । मलका कार्मचारी अनुुसार मललाइ अर्निणयको बन्दि बनाएर मल कब्जा गरेर बसेका नाईके केशब साप्कोटाको ठाडो निर्देशनमा उद्योग वाणिज्य संघका कार्मचारी माथि अक्रमण गरिएको हो ।
सन्चयकोषले काठमाण्डौ मलका ब्यपारीहरुलाई पुषदेखि पैसाको कारोवार कोहिसंग नगर्नु भन्ने सुचना गोरखापत्र मार्फत जारी गरीसके पनि पुष महिनाको भाडा राजु गोर्खाली लाई दिनुपर्छ भन्दै आफैले बनाएको समितिको खातामा पैसा हाल्न थर्काउदै आएपछी मलका ब्यवसायीहरु उद्योवाणिज्य संघ काठमाण्डौमा पुगेका थिए ।
महानगरीय प्रहरी वृत्त जनसेवा (डिएसपी) टेकुनन्द इवा लिम्बु अनुसार घटनाको जानकारी आई सकेको र काठमाण्डौं जिल्ला प्रसासन र महानगरीय प्रहरी परिसर काठमाडौंकोमा समेत जानकारी गराइसकेको र थप अनुसन्धान गरीरहेको बताए । उद्योग वाणिज्य संघ काठमाण्डौंले भने सम्वन्धीत निकायहरुमा उजुरी दिने बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्