Skip to content
LAXMI SUNRISE BANK

ईलाका प्रहरी कार्यालय कोहलपुरद्वारा १ जना माथि गोली प्रहार

अर्थ सरोकार

कोहलपुर-  ईलाका प्रहरी कार्यालय कोहलपुरद्वारा १ जनामाथि गोली प्रहार भएको छ । गत शुक्रबार दिपक सिंहको हत्या गरेर फरार रहेका २१ वर्षीय युवराज गिरिलाई पक्राउ गर्न जादा उनी भागे पछि प्रहरीले गिरि माथि १ राउण्ड गोलि प्रहार गरेको हो। राप्तीसोनारी गाउँपालिका बस्ने गिरिले भरत शाहीसंग मिलेर दिपक  सिंहको हत्या गरेका थिए।  
५ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारीका अनुसार गोली लागेका गिरिको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको छ। युवराज गिरीको बाँया खुट्टामा गोलि लागेको प्रहरीले बताएको  छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK