काठमाडौं – कुमारी बैंकले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्बजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ६७ करोड ६२ लाख ४४ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ३२.२३% ले धेरै हो । गत वर्ष बैंकको खुद नाफा ५१ करोड १४ लाख २२ हजार रुपैयाँ मात्र आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमस: ६६.९६% र ३५.०३% वृद्धि भएको छ। गत वर्ष यही अवधिमा ९० करोड ८६ लाख ६० हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष १ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँ कमाएको छ । बैंकको सञ्चालन नाफा ९६ करोड ६० लाख ६३ हजार आर्जन गरेको छ ।
यता बैंकको ७५ अर्ब ४४ करोड ८५ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरेर ७० अर्ब ७७ करोड २२ लाख ३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने जगेडा कोषमा ४ अर्ब २९ करोड ९ लाख ४६ हजार रुपैयाँ जम्मा रहेको छ ।
बैंकको खराब कर्जा १.२२% रहेको छ भने प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ९० पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्