Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी बैंकको ८.५०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

अर्थ सरोकार

लाष्ट रिमाइन्डर : 
कम्पनी : लक्ष्मी बैंक
लाभांश : ८.५०% बोनस 
बुक क्लोज : सोमबार, माघ १४ गते 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, माघ १३ गते)
विशेष साधारण सभा : माघ २८ गते
विवरण :
लक्ष्मी बैंकको ८.५०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज माघ १३ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।
साधारण सभाका प्रस्ताव : 
८.५०% बोनस सेयर र (कर तिर्न) ०.४५% नगद लाभांश दिन,
अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानुपरेमा त्यसको सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने ।
अन्य संस्थाहरुको सेयर तथा डिबेन्चर निष्कासनका लागि अन्डरराइट गर्ने उद्देश्य पनि प्रबन्धपत्रमा थप गर्ने। 
आफैं वा सहायक कम्पनी खोलेर जीवन तथा निर्जीवन बिमा, पुनर्बिमा, भेन्चर क्यापिटल, हेज फन्ड, क्रेडिट रेटिङ, सेयर दलाल तथा स्टक एक्सचेन्जको काम गर्ने। 
विशेष साधारण सभा हुने स्थान र समय :
 अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी :  ८ अर्ब ९२ करोड ५ लाख ८ हजार रुपैयाँ पुग्ने
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK