काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार संस्थाले खुद नाफा ४ करोड ८५ लाख १७ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ८.८७% धेरै हो । गत वर्ष लक्ष्मीले ४ करोड ४५ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाले खुद ब्याज आम्दानी १६.३६% ले बढोत्तरी गरेर १३ करोड ६६ लाख ३० हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले ११ करोड ७४ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ७ करोड ६२ लाख २५ हजार रुपैयाँ कमाएको छ ।
यता संस्थाकको निक्षेप संकलन १ अर्ब ९ करोड ८७ लाख रुपैयाँ गरेर कर्जा लगानी ३ अर्ब १२ करोड ८० लाख ४५ हजार रुपैयाँ गरेको छ भने जगेडा कोषमा १८ करोड ४३ लाख ७ हजार रुपैयाँ छ ।
संस्थाको खराब कर्जा १.२१% भएको छ भने प्रतिसेयर आम्दानी ४० रुपैयाँ १० पैसा र प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ १६ पैसा रहेको छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्