काठमाडौं – मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ५३.१२% ले वृद्धि गरेर ४० करोड ४८ लाख ३० हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष बैंकले २६ करोड ४३ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता बैंकको खुद ब्याज आम्दानी र सञ्चालक नाफा पनि बढ्दै गइरहेको छ । बैंकको खुद ब्याज आम्दानी ५३.८२%ले बढेर ८५ करोड ८७ लाख ७८ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि ५४.५९% ले बढोत्तरी गरेर ६२ करोड ५५ लाख १४ हजार रुपैयाँ पुर्याएको छ ।
बैंकले ३८ अर्ब १३ करोड ८२ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८५ करोड ४९ लाख रुपैयाँ जम्मा भएको छ ।
बैंकको खराब कर्जा ०.०५% रहेको छ भने प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ८९ पैसा छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्