×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुनाल बचत तथा ऋण सहकारी संस्थाको सिएसआर, कोपिला नेपाललाई आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मुनाल बचत तथा ऋण सहकारी संस्थाको सिएसआर, कोपिला नेपाललाई आर्थिक सहयोग

Artha Sarokar

४ माघ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिहिबारबाट स्थापनाको १० औं वर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ ।
सहकारीले आफ्नो एघारौं वार्षिक उत्सवको अवसरमा पोखरा महानगरपालिका वडा ६ लेकसाईड स्थीत कोपिला नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । एक समारोहका बिच कोपिला नेपालका संस्थापक अध्यक्ष तिर्थ थापा र कार्यकारी निर्देशक बिना सिलवाललाई सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले सहयोग रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मुनाल सहकारीका सञ्चालकहरु र कोपिला नेपालका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
संस्थाको सामाजिक उत्तरदायीत्व अन्र्तगत कोपिला नेपालले संचालन गरेको महिला सुरक्षा घरको संचालानार्थ उक्त आर्थिक सहयोग हस्तान्तरण गरेको सहकारी संस्थाका सचिब मगनलाल श्रेष्ठले बताए । सहकारीले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा यसरी नै बिभिन्न सामाजिक कार्य गर्दै आईरहेको जनाएको छ । २०६५ माघ ०३ गते देखी कारोवार सञ्चालन गरेको यस सहकारीको कास्की जिल्लाभरी कार्यक्षेत्र रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी