काठमाडौँ – नेपाल बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष वासुदेव अधिकारीले शपथ ग्रहण गरेका छन् । संचालक समितिका नवनियुक्त अध्यक्ष वासुदेव अधिकारीलाई नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरन्जिीबि नेपालले नेपाल राष्ट्र बैकमा आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
यस अघि नेपाल बैंक लिमिटेड संचालक समितिको अध्यक्षमा जनार्दन शर्मा आचार्य थिए । आचार्यले गत मंसिरमा आफनो ४ वर्षे कार्यकाल सफलतापुर्वक पुरा गरे पश्चात रिक्त पदमा अधिकारीलाई ल्याएको हो ।
अधिकारी वि.सं. २०२१ मा धादिङ जिल्ला, नीलकण्ठ नगरपालिका, सुनौलो बजारमा जन्मी त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातक, जनप्रशासन र नेपाली साहित्यमा स्नातकोत्तर उपाधी हासिल गरेका उनी नेपाल राष्ट्र बैकका विभिन्न विभागमा ३० वर्षको कार्यानुभव संगाली कार्यकारी निर्देशकबाट गत २०७४ चैतमा सेवा निवृत्त भएका हुन् ।
उक्त समारोहमा नेपाल राष्ट्र बैकका डेपुटि गभर्नरद्वय चिन्तामणि शिवाकोटी तथा शिवराज श्रेष्ठ, प्रवक्ता तथा कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, नेपाल बैक लिमिटेड्का संचालक दीपेन्द्र विक्रम थापा, नेपाल बैक लिमिटेड्का प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह, नायव प्रमुख कार्यकारी अधिकृतद्वय दुर्गाराज रेग्मी तथा राजुनाथ खनाल लगायत नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेड्का उच्च पदस्थ अधिकारीहरुको समुपस्थिति थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्