काठमाडौं – नबिल बैंकले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा १८.४५% ले वृद्धि गरि २ अर्ब १७ करोड ६८ लाख ६२ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यसै अवधिमा बैंकको खुद नाफा १ अर्ब ८३ करोड ७७ लाख ८४ हजार रहेको थियो ।
बैंकले खुद ब्याज आम्दानी २३.०१% ले बढाएर ३ अर्ब ६१ करोड १३ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफामा २०.३३% ले वृद्धि गरी ४ अर्ब ४६ करोड ६९ लाख ३४ हजार पुर्याएको छ ।
बैंकले १ खर्ब ४९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ३० अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ छ । जगेडा कोष ८४.८९% बढाएर १४ अर्ब ५२ करोड ३७ लाख ५३ हजार रुपैयाँ पुर्याएको छ ।
बैंकको खराब कर्जा अनुपात ०.६२% रहेको छ भने प्रतिसेयर आम्दानी ५४ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ५७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्