×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल माइक्रोफाइनान्सको खुद नाफा ४६.०२% वृद्धि, प्रति ब्याज आम्दानी कति ?

PRIME CA

नेसनल माइक्रोफाइनान्सको खुद नाफा ४६.०२% वृद्धि, प्रति ब्याज आम्दानी कति ?

अर्थ सरोकार

६ माघ २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा ४६.०२%ले बढोत्तरी गरेर ५ करोड ७२ लाख ४० हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्षको यही अवधिमा संस्थाको खुद नाफा ३ करोड ९१ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको थियो ।
 
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालक नाफामा पनि क्रमस: ४४.०६% र ४६.०२% ले वृद्धि भएको छ। गत वर्ष ७ करोड ९३ लाख ७२ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले ११ करोड ४३ लाख ४८ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ८ करोड ९९ लाख ४९ हजार पुगेको छ । 
यता संस्थाको निक्षेप संकलन ९७ करोड ५१ लाख २६ हजार रुपैयाँ गरेर २ अर्ब ९१ करोड ४८ लाख २९ हजार कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १८ करोड ८ लाख ७९ हजार रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा १.४८% रहेको छ भने प्रतिसेयर आम्दानी ७५ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ ८१ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: