काठमाडौं – नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा केही महिनाअघि मात्रै राष्ट्र बैंकबाट अवकाश पाएका बासुदेव अधिकारी चयन भएका छन् । बैंकको संचालक समितिको बुधबारको बैठकले उनलाई अध्यक्ष चयन गरेको हो । वर्तमान अध्यक्ष जनार्द्धन आचार्यको कार्याकाल सकिएपछि अधिकारीलाई मन्त्रीस्तरीय निर्णयबाट नेपाल बैंक सञ्चालक समितिमा पठाइएको हो।
अधिकारीले राष्ट्र बैंकमा ३० बर्ष काम गरेका छन्। उनी प्रधान सहायकबाट राष्ट्र बैंक छिरेका थिए। अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा उनी बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक भएका थिए। त्यसपछि उनी केही समय विदेशी विनिमय विभागमा पनि गए। कार्यकारी निर्देशकमा बढुवा भएपछि उनले आन्तरिक लेखा परीक्षण र फाइनान्स कम्पनी सुपरिवेक्षण विभागको नेतृत्व गरेका थिए ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्