×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकमा ‘सुन-काण्ड’ : बैंकमा ग्राहकले राखेको सुन हरायो, सुन कर्जाका कर्मचारीको मिलेमतो खुल्यो !

PRIME CA

नेपाल बैंकमा ‘सुन-काण्ड’ : बैंकमा ग्राहकले राखेको सुन हरायो, सुन कर्जाका कर्मचारीको मिलेमतो खुल्यो !

२२ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
चितवन – नेपाल बैंकबाट ग्राहकको सुन हराएको खुलासा भएको छ । चितवनमा खगराज पाठकको झण्डै ६ तोला बढी सुन बैंककै कर्मचारीको हातबाट गायब भएको हो । नेपाल बैंक गीतानगर शाखामा गीतानगर निबासी पाठक १ वर्ष अगाडि बैंकमा सुन राखेर १ लाख ४५ हजार नगद पैसा निकालेका थिए । तर १ वर्ष पछाडि सुनको समयावधि थप गर्न जाँदा बैंकबाटै सुन हराएको हो । बैंकका कर्मचारीको चरम लापरबाहीका कारण यस्तो घटना भएको पाठकको आरोप छ । यसअघि अन्य अन्य बैंकबाट सुन हराएको खबरसमेत अर्थ सरोकार डटकमले सार्वजनिक गरेको थियो ।  तर सुन हराएको पीडामा रहेका उनलाई बैंकका कर्मचारीले सुन लगेको भनेर जवरजस्ती सही गर्नुस भनेर दवाव दिएको पाठक बताउँछन् ।
यद्यपी आफुले सुन लगेको भनी सही नगरेको उनको भनाइ छ ।  र आफूलाई जानकारी बिना त्यत्रो सुन बैंकबाटै हराउनु सुन कर्जाका कर्मचारी सुजन कोईराला र बैंकको चरम लापरबाही भएको उनको भनाइ छ । यद्यपी यो बिषयमा बुझन सुन कर्जाका कर्मचारी सुजन कोईरालाको मोबाईल फोनमा कुरा गर्दा उनले अर्को साथीलाई फोन दिएका थिए । आफनो परिचय नबताएका ती साथीले भाईले नजानेर यस्तो गरेछ भन्दै गैर जिम्मेवार कुरा गरी आवश्यक कुरा बुझ्न परे अफिसमै आउनु भन्दै फोन राखेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: