×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ७.९२% ले वृद्धि हुँदा अन्य सुचकको कस्तो छ अवस्था ?

PRIME CA

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ७.९२% ले वृद्धि हुँदा अन्य सुचकको कस्तो छ अवस्था ?

१५ माघ २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष२०७५/७६को दोस्रो त्रैमासको वित्तिय विवरण सार्बजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ७.९२% ले वृद्धि गरेर १ अर्ब ९७ करोड ५५ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा बैंकको खुद नाफा १ अर्ब ८३ करोड ४ लाख ८५ हजार रहेको थियो ।
बैंकले खुद ब्याज आम्दानी २३.३६% ले वृद्धि गरि ३ अर्ब ३१ करोड ३२ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ भनेसञ्चालन नाफा १२.६२% ले बढाएर ४ अर्ब ३६ करोड ९९ लाख ९३ हजार पुर्याएको छ । गत वर्ष बैंकको सञ्चालन नाफा ३ अर्ब ७५ करोड ३३ लाख ३७ हजार रहेको थियो ।
यस त्रैमाससम्म आउँदा बैंकले १ खर्ब ४२ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब २७ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यता बैंकको चुक्ता पुँजी १२ अर्ब ५८ करोड ९९ लाख ७ हजार रुपैयाँ रहेको छ। जगेडा कोषमा  ११ अर्ब ९७ करोड ७४ लाख ३ हजार रुपैयाँ जम्मा भएको छ ।
बैंकको खराब कर्जा अनुपात २.०४% रहेको छ भने प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ९९ पैसामा र प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ १३ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: