डिबेन्चर नोटिस :
कम्पनी : एनआइसी एसिया बैंक
खुला हुने मिति : आज (सोमबार, माघ १३ गते)
कित्ता : ४० लाख (१६ लाख इकाईमा सर्वसाधारण, ८० हजार कित्ता म्युचुअल फन्डहरुलाई र बाँकी २४ लाख कित्ता भने एनआइसीले अन्य संघसंस्था तथा कम्पनीहरुलाई)
भर्न पाइने अन्तिम मिति : माघ १६ गते
विवरण :
एनआइसी एसिया बैंकले ‘१०% एनआइसी एसिया डिबेन्चर २०८५।८६’ जारी गर्न लागेको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । कुल ४० लाख कित्तामध्ये १६ लाख इकाईमा सर्वसाधारणलाई र यसमध्ये ८० हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ भने बाँकी २४ लाख कित्ता अन्य संघसंस्था तथा कम्पनीहरुलाई बिक्री गर्ने भएको छ ।
बैंकको ऋणपत्रमा माग १३ गतेदेखि माघ १६ गतेसम्म आवेदन खुल्ला हुने भएको छ। माग १६ गतेसम्म पर्याप्त आवेदन नपरेको खण्डमा फागुन १३ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । एनआइसीले यो ऋणपत्रमा वार्षिक १०% ब्याज दिनेछ । १० वर्ष अवधिको यो ऋणपत्र आर्थिक वर्ष २०८५।८६ मा परिपक्क हुनेछ ।
ऋणपत्र बिक्रीबाट उठेको रकममध्ये ३ अर्ब २० करोड रुपैयाँ कर्जा तथा सापट र ४० करोड लगानीका लागि उपयोग गर्ने बैंकले जनाएको छ । यस्तै, शाखा विस्तार तथा अन्य काममा २०–२० करोड रुपैयाँ उपयोग गर्नेछ । केयर रेटिङ नेपालले एनआइसीको ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘ए’ रेटिङ दिएको छ ।
आवेदन दिने ठाउँ :
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ
एनआइसी एसिया बैंकको सम्पूर्ण शाखाबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्