
काठमाडौं – प्रभु बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ७३.३१% ले वृद्धि गरेर १ अर्ब ४ करोड १८ लाख १५ हजार रुपैयाँ कमाएको सफल भएको छ । गत वर्ष बैंकले ६० करोड ११ लाख २ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यता बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमस: ७६.८४% र ६०.६९% वृद्धि भएको छ । गत वर्ष १ अर्ब २१ करोड ७४ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको बैंकले यस वर्ष २ अर्ब १५ करोड ३० लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । साथै सञ्चालन नाफा ८२ करोड ८८ लाख २९ हजार रुपैयाँ बढोत्तरी गरेर १ अर्ब ३३ करोड १८ लाख ४८ हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।
बैंकले १ खर्ब ४ अर्ब ९८ करोड १३ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गर्दा ८८ अर्ब १५ करोड ९८ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यता बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब ६० करोड १२ लाख ४ हजार रुपैयाँ जम्मा रहेको छ ।
बैंकको खराब कर्जा २.४७% रहेको छ भने प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ०३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्