
- अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले क्यान्सर रोगीहरुलाई दिँदै आएको आर्थिक सहायता बढाएर ५ लाख पुर्याउने आश्वासन दिएका छन् । अध्यक्ष दाहालले क्यान्सर रोगीहरुलाई सरकारले दिँदै आएको एक लाख सहायता कम भएको भन्ने गुनासो आईरहेको उल्लेख गर्दै त्यसलाई बढाएर ५ लाख पुर्याउने आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
नेपाल अर्बुद रोग निवारण संस्थाको २८ औं वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले क्यान्सर रोगको उपचारमा प्रयोग हुने उपकरण राख्ने बंकर स्थापनाका लागि आवश्यक बजेटको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गर्ने जानकारी दिए । सो संस्थाले क्यान्सर रोगको उपचारका लागि प्रयोगमा ल्याइने उपकरण राख्ने बंकर बनाउन ४ करोड बजेटको माग सरकारसँग गरेको छ । अध्यक्ष दाहालले संस्थाको सो माग पूरा गर्न तत्काल प्रक्रिया अघि बढाउन सरकारसँग आफूले कुरा गर्ने पनि बताए ।
अध्यक्ष दाहालले संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकारलाई मौलिक अधिकारको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि नागरिकहरु आफैलाई सचेत हुन पनि आग्रह गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्