
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- कुनै बेला २५ लाख रुपैयाँको चेक बाउन्स प्रकरणमा परेका व्यक्ति राष्ट्रिय सहकारी बैंकको सञ्चालक निर्वाचित भएका छन् । चेक बाउन्स भएपछी ‘अवैध’ ढुकुटीमार्फत ७५ लाख ठगी गरेको आरोपमा २०७२ साल भाद्र महिनामा पक्राउ परेका केदार मानन्धर सहकारी बैंकको सञ्चालक समितिमा निर्वाचित भएका हुन् । उनले तत्कालीन समयमा ढुकुटीबाट नृपेन्द्र श्रेष्ठलाई ठगी गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । सो समयमा उनले श्रेष्ठलाई दिएको २५ लाख रुपैयाँको चेक बाउन्स भएपछि श्रेष्ठकै उजुरीका आधारमा उनलाई २५ लाख चेक बाउन्स गरेको र कुल ७५ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
संस्थागत सुशासनमा प्रश्न !
उनी सञ्चालक पदमा निर्वाचित भएसँगै सहकारीका धेरै सदस्यले संस्थागत सुशासनमै समस्या आउने भन्दै बैंकको भविष्यमाथि नै प्रश्न उठाएका छन् । उक्त ढुकुटी काण्डमा उनी र उनकी पत्नी शर्मिला मानन्धरलाई पक्राउ गरी कारवाही प्रर्किया अघि बढाएको थियो । पुस २२ गते काठमाडौँमा भएको निर्वाचनमा उनी सञ्चालक पदमा निर्वाचित भएका उनी सितापाईलामा रहेको सीतापाईला बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्षसमेत हुन् । यता राष्ट्रिय सहकारी बैंककको १५ सदस्यीय कार्यसमितिमा खुलातर्फ केदार मानन्धर, रामहरी बजगाइँ, ध्रुव नारायण यादव र माधवलाल देवकोटा तथा कर्णाली प्रदेश सदस्यमा हरिहरनाथ योगी निर्वाचित भएका छन् । केहि पदमा कुरा नमिलेपछी सञ्चालक समितिको निर्वाचन सम्पन्न भएको थियो ।
निर्वाचित भएपछि नै किन उठ्यो प्रश्न ?
यसो त निर्वाचित भएपछी नै यो कुरा किन उठ्यो ? भन्ने प्रश्न स्वाभाविक हो । हाम्रो यहि प्रश्नमा एक सहकारीकर्मी भन्छन्, ‘निर्वाचनताका यो प्रश्न उठाउँदा उनलाई चुनावमा हराउन लागि परेको आरोप लाग्छ भनेर केहि बोलिएन । तर आफैं विभिन्न काण्डमा परेका व्यक्ति सहकारी बैंकजस्तो महत्वपूर्ण पदमा रहेपछि संस्थागत सुशासनको स्थिति के हुन्छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्