×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेफ्स्कुनकै वित्तीय विवरण ‘गैरकानुनी’ ! हेर्नुहोस् सहकारी ऐनको नयाँ व्यवस्था मिचिएको वासलात (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले नै सहकारी ऐन नमानेको प्रमाण फेला परेको छ । आर्थिक बर्ष २०७४-७५ को लेखापरीक्षण प्रतिवेदन हेर्दा नेफ्स्कुनले सहकारी ऐन विपरित काम गरेको पाइएको हो । 
पूरानो ऐन २०४८ अनुसार पूँजीकोषको १० गुणा सम्म बचत संकलन गर्न पाउने भएकोमा हाल नयाँ एन २०७४ अनुसार १५ गुणा सम्म बचत संकलन गर्न पाउने नियम छ । आ. ब. २०७४/७५ को लेखापरिक्षण प्रतिवेदन हेर्ने हो भने संघको कुल पूँजी कोष २३ करोड ३५ लाख देखिन्छ । जसको १५ गुणाले हिसाव गर्दा बढिमा ३ अर्ब ५० करोड २५ लाख बचत नघाउन पाइदैन वा शेयर पूँजी बढाउनु पर्छ । तर संघले ४ अर्ब २७ करोड ७४ लाख बचत संकलन गरेको वित्तीय विवरणमा प्रस्तुत गरिएको छ । जुन कुल पूँजी कोषको १८ गुणा भन्दा माथि देखिन्छ । 
सहकारी एन २०७४ को परिच्छेद ७ को दफा ५० को बुंदा न ७ मा उक्त भएको व्यवस्थालाई नेफ्स्कुनजस्तो संस्थाले मिच्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अरु सहकारीहरुलाई नैतिकताको पाठ सिकाउने नेफ्स्कुनको नेतृत्वले भने यसलाई ख्याल गरेन वा जानी जानी यस्तो गर्यो भन्ने चर्चा अहिले नेपाली सहकारी क्षेत्रमा छ । 
हेर्नुहोस् ऐनमा भएको स्पष्ट व्यवस्था :
नेफ्स्कुनले नियम मिचेर तयार गरेको वासलात :
अझ अचम्मको कुरा त बजारमा कहलिएका चार्टड एकाउन्टेन्ट ज्ञानेन्द्र बहादुर भारीले यो वासलातमा सहि गरेका छन् भने आफ्नो प्रतिवेदनमा यस सम्बन्धमा कैफियतसमेत लेखिएको छैन । बरु उल्टै सहकारी ऐन तथा सहकारी मापदण्ड अनुसार रहेको बताइएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: