लाष्ट रिमाइन्डर :
कम्पनी : साना किसान लघुवित्त वित्तीय संस्था
लाभांश : २६.३१७% ( २५% बोनस र १.३१७% नगद)
बुक क्लोज : बिहिबार (माघ ३ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बुधबार, माघ २ गते)
विशेष साधारण सभा : माघ १८ गते
विवरण :
साना किसान लघुवित्त वित्तीय संस्थाको २६.३१७% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज माघ ३ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने भएको छ ।
पेस गरिने प्रस्तावहरु :
२५% बोनस र १.३१७% नगद लाभांश दिने
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरुमा छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
एजिएम हुने स्थान र समय :
कृषि विकास बैंक, केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुरमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६२ करोड ८८ लाख २७ हजार ९२९ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ७८ करोड ६० लाख ३४ हजार ९११ रुपैयाँ पुग्ने