
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- अव कुनै पनि रेष्टुरेन्टमा १० प्रतिशत सर्भिस चार्ज तिर्नु नपर्ने भएको छ । रेष्टुराँ व्यवसायीहरुको साझा संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) को सोमबार मध्यरातिसम्म चलेको बैठकले यस्तो निर्णय गरेको हो । रेबानले जारी गरेको प्रेस बिज्ञप्तिमा उक्त सर्भिस चार्ज खारेज गरिएको बताइएको छ । रेबानका अध्यक्ष प्रमोद जैसवालका अनुसार मंगलबारदेखि नै लागु हुने गरी अव कुनै पनि रेष्टुरेन्टले वा बारले सर्भिस चार्ज लिने छैनन् । ‘सेवा शुल्क हटाउनुपर्छ भन्ने माग धेरैजनाको थियो । यसले ग्राहकलाई पनि भार पारेको थियो । मंगलबारदेखि नै यसको कार्यान्वयन सुरु हुन्छ’, अध्यक्ष जैसवालले अर्थ सरोकार डटकमसँग भने ।
बिलिङ सफ्टवेर प्रयोग गर्ने केहि रेष्टुरेन्टहरुले भने केहि दिनभित्र सफ्टवेर मिलाएर सेवा शुल्क लिन छाड्ने उनको भनाइ थियो । तत्कालीन माओवादी र अन्य मजदुर संगठनको दवावमा सन् २००६ मा होटेल एसोसिएसन र ट्रेड युनियनबीच ग्राहकबाट अनिवार्य रुपमा १० प्रतिशत सेवा शुल्क उठाउने निर्णय भएको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्