- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सहारा विकास बैंक लिमिटेडले १२.३०% बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको पुस २० गते बसेको सञ्चालक समितिको बैठकबाट शेयरधनीहरुलाई १२.३% बोनस र ०.६४ % नगद दिने निर्णय गरेको छ ।
बैंकले बोनसको लागि १२.३%ले हुन आउने ८९ लाख ७८ हजार ३६०.४० रुपियाँ र ०.६४%ले हुने ४ लाख ७२ हजार ५४५.२८ नगद लाभांश वितरण गर्ने भएको छ ।
त्यसका साथै बैंकले १८ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने प्रकृयामा रहेको छ । बैंकको चुक्ता पुँजी ७ करोड २९ लाख ९४ हजार ५ सय रहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्