आइपिओ नोटिस :
कम्पनी : शिव श्री हाइड्रोपावर
खुला भएको मिति : पुस २७ गते
भर्ने अन्तिम मिति : आज (माघ ११ गते, शुक्रबार)
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता :७ हजार ३८० कित्ता
विवरण :
शिव श्री हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई १४ लाख ७६ हजार ४०० कित्ता आइपीओ शुक्रबार भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको आइपिओ बिक्री खुला गर्न लागेको हो ।
आयोजना प्रभावितलाई सेयर जारी गरेपछि कम्पनीले फेरि सर्वसाधारण र कर्मचारीलाई गरी कुल २२ लाख १४ हजार ६०० (१५%) कित्ता सेयर आइपीओ निष्कासन गर्नेछ । स्थानीयको आइपीओमा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका आयोजना प्रभावित बासिन्दाले मात्र आवेदन दिन सक्नेछन् ।
आवेदन दिन सकिने शाखाहरु :
सिद्धार्थ क्यापिटल
भोटेकोशी गाउँपालिका कार्यालयबाट
सिन्धु विकास बैंक, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, एनआइसी एसिया र हिमालयन बैंकको शाखाबाट
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब १० करोड ७३ लाख रुपैयाँ
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : १ अर्ब २५ करोड ४९ लाख ४० हजार रुपैयाँ पुग्ने