काठमाडौं – सिर्जना फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार कम्पनीले खुद नाफा २०.६०% वृद्धि गरि ४ करोड २८ लाख २५ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष यो कम्पनीले ३ करोड ५५ लाख ९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी भने २६.०४% ले घटेको छ। गत वर्ष ८ करोड २७ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको कम्पनीको यस त्रैमासमा घटेर ६ करोड १२ लाख ६ हजार रुपैयाँमा सिमित रहेको छ । यसको सञ्चालन नाफा भने ५ करोड ५७ लाख रुर्पैयाँबाट बढोत्तरी भएर ६ करोड ७२ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी ४६ करोड ७ लाख ८२ हजार रुपैयाँ छ भने रिजर्भ कोषमा १४ करोड ८ लाख १६ हजार रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा ३.२५% रहेको छ भने प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्