काठमाडौं : सनरनइज बैंकले माघ ४ गतेदेखि ११.५०% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरिदिन सुरु गरेको छ । सेयर डिम्याट गराएका सेयरधनीको नगद खातामा पठाउन थालिएको बैंकको भनाई छ ।
हालसम्म पनि डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका सेयरधनीले नगद लाभांश पाउन खाता अद्यावधिक गर्नुपर्नेछ । त्यसपछि बैंक खातामा नगद जम्मा हुनेछ । यता, बैंकले नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियम अनुसार कुनै शुल्क लागेमा त्यस्तो रकम सेयरधनीले नै तिर्नुपर्ने बताएको छ ।
सनराइज बैंकको पुस २९ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट ११.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्