काठमाडौं – सनराइज बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकले ७९ करोड २७ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्ष यही अवधिको तुलनामा ३४.९२% ले धेरै हो । गत वर्ष बैंकको खुद नाफा ५८ करोड ७५ लाख ५८ हजार रुपयाँ रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ३५.०६% वृद्धि भएर १ अर्ब ७२ करोड १४ लाख ९ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १४.१९% ले बढोत्तरी गरेर १ अर्ब १३ करोड ५९ लाख ४ हजार रुपैयाँ पुर्याएको छ ।
बैंकले ७६ अर्ब ६ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरि ६७ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५६ हजार रुपैयाँ छ। जगेडा कोषमा ९५.४८% वृद्धि गरि ४ अर्ब १० करोड ६१ लाख ३० हजार रुपैयाँ जम्मा गरेको छ ।
बैंकको खराब कर्जा अनुपात १.२६% रहेको छ भने प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ३७ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्