Skip to content
LAXMI SUNRISE BANK

साधारणसभा नजिकिंदै गर्दा सनराइज बैंकको आन्तरिक किचलो सतहमा, अदालत पुग्दै उम्मेद्वारीको ‘विवाद’ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सनराइज बैंक लिमिटेडको ११औँ वार्षिक साधारणसभा नजिकिँदै जाँदा बैंकभित्रको विवाद सतहमा आइपुगेको देखिएको छ । विगत १० वर्षदेखि बैंकमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआइराखेका संस्थापक समूहका प्रमुख चार व्यावसायिक घरनाकाबीचको सम्बन्धमा देखिएको दरारले बैंककै भविष्य के हुने हो भन्ने प्रश्न उठ्न थालेको चर्चा यतिबेला बैंकभित्र हुन थालेको छ । बैंक स्थापना गर्न सुरुका वर्षहरूमा कम्मर कसेर लागेका व्यावसायिक घरना एघारौँ साधरणसभासम्म आइपुग्दा एकले-अर्कोको अस्तित्व स्वीकार्य गर्न नसक्ने अवस्थासम्म आइपुगेपछी बैंकभित्र यस्तो चर्चाले ठाउँ पाएको हो । 
दुगड ग्रुपका तर्फबाट मोतिलाल दुगड हाल सनराइज बैंकका अध्यक्षसमेत रहेका छन् । उनले तातेड समूहका अध्यक्ष वच्छराज तातेडलाई हात लिई सारदा र गोयल ग्रुपलाई बैंकबाट वाइपास गर्ने अभियानमा लागेको गुनासो बैंकका केहि संचालकहरुनै गर्न थालेका छन् । यहि पुस २९ गते हुन गइरहेको ११औँ वार्षिक साधारणसभाको निर्वाचन जति नजिकिंदै छ, मनोनयन प्रक्रिया देखि बैंकभित्रको अन्तरसंघर्षबारे त्यति नै विवाद हुन थालेको बैंकका एक संचालकले बताएका छन् ।
अनुराग गोयल भन्छन्, ‘मेरो नाम अध्यक्षको ठाडो आदेशमा हटाइयो, कानुनी उपचार खोज्छु’
बैंकमा उम्मेदवारीको विषयलाई लिएर झन् विवाद उत्पन्न भएको छ । कानुनविधि, योग्यता र क्षमतालाई आत्मसाथ गर्दै आफुले दिएको आवेदनलाई लत्याएर विधि, कानुन र वाफियाको कदर नगरी ठाडो आदेशमा समयसीमाभित्र रही देहायबमोजिमका शर्त पूरा गरी दिइएको उम्मेदवारीलाई समेत वेवास्ता गरी समयसीमा तय गरी मनोनयन दाखिलाको दुईदिनपछि अर्थात् मनोनयन दाखिलाप्रति कुनै पनि उजुरी नआउँदा पनि निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेका अधिवक्ता केदार कोइरालाले बैंकका अध्यक्ष मोतिलाल दुगडको ठाडो आदेश र प्रभावमा परी बैंकका संस्थापक सदस्य श्रवण गोयल र अनुराग गोयलको उम्मेदवारीलाई विनासूचना पूर्वाग्राहीढंंगबाट उम्मेदवारीको सूचीबाट हटाएको भन्दै अहिले सनराइज बैंकमा मुख्य लगानीकर्ताहरूबीचको वाकयुद्ध सतहमा आइपुगेको हो । 
आफुले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १६ (ग) बमोजिम को निर्देशिकाभित्र रही सञ्चालकका लागि चाहिने आवश्यक योग्यताअनुसार नै आफुले उम्मेदवारी दर्ता गरेको अवस्थामा विनासूचना अध्यक्ष मोतिलाल दुगडको ठाडो आदेशमा निर्वाचन अधिकृत अनुराग गोयलले आफ्नो नाम बैंक सञ्चालक समितिको उम्मेदवारी लिष्टबाट हटाइएकोमा आफुहरु चकित परेको अनुराग गोयलले बताए । यसको कानुनी उपचारका लागि आफु अदालत जानेसमेत उनले बताए । 
कस-कसले दिए उम्मेद्वारी ?
सनराइज बैंकको संचालक बन्नका लागि हाल संस्थापकको तर्फबाट मोतिलाल दुगड वच्छराज तातेड, मालचन्द्र दुगड र अनुराग गोयलको उम्मेदवारी परेको छ भने सर्वसाधारणको तर्फबाट दीपक नेपाल, शैलेन्द्र गुरागाईं, सारदा शर्मा (पुडासैनी) र अटो इलेक्ट्रो प्रालिको तर्फबाट स्वीटी अग्रवालको उम्मेदवारी परेको छ । सर्वसाधारणका तर्फबाट उम्मेद्वारी दर्ता गराएका दीपक नेपाल, दुर्गड ग्रुपका कर्मचारी हुन् । यसो त यसअघि दुगड ग्रुपबाटै संचालक रहेका  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK